Prev   Next   Pause   Play     Scroll   Fade   ScrollFade

You are here:      Home
Introduction to Ghandruk - घान्द्रुक एक परिचय

घान्द्रुक कास्की जिल्लाको सदरमुकाम अर्थात् सुन्दर नगरी पोखराबाट सुदुर उत्तरी भेगमा पर्दछ । समुद्री सतहबाट करिव एक हजार मिटरदेखि ८०९१ मिटरसम्मको उचाईमा फैलिएको प्राकृतिक सौन्दर्यले भरिभराउ घान्द्रुक गाविस देश विदेशसमा सुपरिचित छ ।

 
ABC - अन्नपूर्ण आधार शिविर

विश्वका आठ हजारभन्दा बढी उचाईको सूचीमा रहेको अन्नपूर्ण हिमाल ८०८१ मिटर अग्लो छ । अन्नपूर्ण आधार शिविरबाट पूर्वमा माछापुच्छ्रे गन्धर्वचुली अन्नपूर्ण तेस्रो दशिक्षणमा हिउँचुली अन्नपूर्ण साउथ वराह शिखर अन्नपूर्ण पहिलो उत्तरमा थर्पुचुली टेनपिक रसीपिक लगायतका हिमालको दृश्यपान गर्न सकिन्छ।

 
MBC - माछापुच्छ्रे आधार शिविर

माछापुच्छ्रे आधार शिविर घान्द्रुक गाविसको वडा नं ९ मा पर्दछ । माछापुच्छ्रे आधार शिविर समुद्री सतहबाट करिव ३७०० मिटरको उचाईमा रहेको छ । पहिले पहिले माछापुच्छ्रे आधार शिविर भएको स्थानलाई खिली धुँ भन्ने गरिन्थ्यो ।

 
Chhomrong - छोम्रोङ्ग

छाम्रोङ्ग घान्द्रुक गाविसको वडा नं ९ मा पर्दछ । छोम्रोङ्ग समुद्री सतहबाट २१७० मिटरको उचाईमा छ । छोम्रोङ्गको उत्तरतर्फ अन्नपूर्ण हिमाल पूर्वमा माछापुच्छ्रे हिमाल र गाउँको फेदबाटै बग्ने मोदी खोलाको सुसेलीले यहाँको वतावरण स्वर्गतुल्य लाग्छ ।